काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग)मा नेपाल पहिलो पटक महिला भलिबलको फाइनलमा प्रवेश गरेको छ । स्वर्णका लागि भारतसँग खेल्ने भएपछि १३ औं सागमा नेपालको पहिलो पदक पक्का भएको छ । दोस्रो सेमिफाइनलमा नेपालले श्रीलंकालाई ३-० ले हराएको छ ।
त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलको पहिलो सेट नेपालले २५-१४ ले जित्यो भने दोस्रो सेटमा २५-१७ ले जितेको नेपालले तेस्रो सेटको सुरुवातमा पछाडि परेको थियो । समूह चरणमा नेपाल भारतसँग ३-० को सेटमा पराजित भएको थियो । सागको महिला भलिबलमा नेपालले १९९९, २००६ र २०१६ मा गरी तीन पटक काश्य पदक जितेको थियो ।
