नेपाल विदेशी शक्ति केन्द्रको अड्डा बन्ने देव गुरुङको ठोकुवा

नेपाल विदेशी शक्ति केन्द्रको अड्डा बन्ने देव गुरुङको ठोकुवा

१० साउन २०७७ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरूङले पार्टी फुटे नेपाल विदेशी शक्ति केन्द्रको अड्डा बन्ने बताएका छन् । नेतृत्वको हर्कतले राष्ट्रियता नै संकटमा पर्ने खतरा रहेको उनको दावी छ ।

एक कार्यक्रममा गुरुङले अहिलेको अवस्थामा सबै राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्ने बताए । नेकपा एमाले नामको पार्टी निर्वाचन आयोगमा दर्ता भएको सम्बन्धमा पार्टी अध्यक्षको अभिव्यक्तिबारे अनुशन्धानको विषय भएको बताए । बहुमतप्राप्त पार्टी विभाजन भयो भने संसद हंक–पार्लियामेन्टमा रुपान्तरण हुने खतरा बताए । मुलुकमा केही राजनीतिक संकट पैदा भएको बताए ।

 


Thali Mobile Pvt.Ltd.