भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

निर्वाचनबारे छलफल गर्न जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

निर्वाचनबारे छलफल गर्न जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । आसन्न राष्ट्रिय सभाको निर्वाचनबारे छलफल गर्न जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने वताइएको छ ।

बैठक राष्ट्रिय सभाको निर्वाचन र केन्द्रीय समिति बैठक एजेण्डा लगायतमा केन्द्रित हुने जसपाका केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले बताए । बैठकमा पार्टीले गत भदौदेखि तीन महिनासम्म सन्चालन गरेको संगठन विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा हुने छ ।

अभियान अन्तर्गत जसपाले पालिका समितिदेखि प्रदेश समितिसम्म पुनर्गठन गरेको छ । जसअन्तर्गत करिब ९५ वटा पालिका समिति पुनर्गठन भएका जसपाले जनाएको छ । यसैगरी जसपाको मधेश प्रदेशअन्तर्गतका जिल्ला बाहेक २६ जिल्ला समिति पनि पुनर्गठन गरिएका छन् ।

 


Thali Mobile Pvt.Ltd.