भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

नेपाल सुपर लिग स् ललितपुर र धनगढीले अङ्क बाँडे

नेपाल सुपर लिग स् ललितपुर र धनगढीले अङ्क बाँडे

काठमाडौं । नेपाल सुपर लिगअन्तर्गत बिहीबार भएको खेल धनगढी फुटबल क्लब र ललितपुर सिटी एफसीले बराबरी खेलेपछि दुवैले अङ्क बाँडेका छन् । दशरथ रंगशालामा भएको खेलमा धनगढी र ललितपुरले एक एक गोलको बराबरी खेलेका हुन् । ललितपुरले पहिलो हाफमा पेनाल्टीको मौका पाए पनि त्यसको सदुपयोग गर्न सकेन । खेलको पाँचौँ मिनेटमा अञ्जन विष्टले गोल गरे पनि रेफ्रीले अफसाइडको निर्णय गर्नुभयो । यस्तै खेलको २५औं मिनेटमा एरिक विष्टले गरेको प्रहार गोलपोष्ट नजिकैबाट बाहिरीयो ।

यस्तै खेलको ३६औं मिनेटमा ललितपुरको प्रहारलाई धनगढीका गोलकिपर किरण चेम्जोङले विफल पार्नुभयो । किरण चेम्जोङले ललितपुरका खेलाडी अञ्जन विष्टलाई धकेलेपछि उहाँले पहेलो कार्ड पाउनुभयो । सोही वापत ललितपुरले पेनाल्टी पाएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ७३ औं मिनेटमा विदेशी खेलाडी ओलाओलेले डिबक्सभित्रबाट उत्कृष्ट हेड गोल गर्दै धनगढीलाई अग्रता दिलाउनुभयो ।

यसैगरी खेलको ७९ औं मिनेटमा ललितपुरले गोल गर्दै खेल बराबरीमा पु¥यायो । उसका लागि रञ्जन विष्टले गोल गर्नुभयो । एक एक गोलको बराबरी खेलेपछि दुवैैले एक एक अङ्क बाँडेका छन् । बराबरीपछि धनगढीको तीन खेलमा चार अङ्क छ भने लतिलपुरको तीन खेलमा दुई अङ्क छ ।

 


Thali Mobile Pvt.Ltd.