नेप्समा झिनो अङ्कमा सुधार

नेप्समा झिनो अङ्कमा सुधार image

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले सुधार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक तीन दशमलव ८३ अङ्कले उकालो लागेर एक हजार आठ सय ५८ दशमलव ८९ मा पुगेको छ ।

यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव १५ अङ्कले सुधार भई तीन सय ६३ दशमलव ९७ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज चार उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । नौ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ ।

कूल दुई सय ५१ कम्पनीको २६ लाख ९९ हजार तीन सय ३१ कित्ता शेयर रु ८८ करोड ६० लाख ९८ हजार पाँच सय ६८ मूल्यमा खरिद बिक्री भए । कारोबारका आधारमा प्राइम बैंक शीर्ष स्थानमा छ । सो बैंकको शेयर रु छ करोड ९३ लाख ४३ हजार एक सय तीन मूल्यमा कारोबार भयो ।

फरवार्ड माइक्रोफाइनान्स रु पाँच करोड ४९ लाख ४२ हजार नौ सय ८१, हिमालयन डिस्टिलरी रु चार करोड २७ लाख ९० हजार तीन सय ९४, नेपाल दूरसञ्चार कम्पनी रु तीन करोड ७६ लाख ६४ हजार आठ सय ५९ र पिपल्स हाइड्रोपावरको रु तीन करोड २८ लाख १८ हजार चार सय ३४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार धौलागिरि लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । खप्तड लघुवित्त छ दशमलव शून्य आठ, सिवाइसी नेपाल लघुवित्त पाँच दशमलव ९८, नवील ब्यालेन्स फण्ड दोस्रो पाँच दशमलव ९० र रिलायन्स फाइनान्सका लगानीकर्ताले चार दशमलव शून्य चार प्रतिशतले कमाएका छन् ।

त्यस्तै इस्टर्न हाइड्रोपावर सात दशमलव ९७, ग्लोबल आइएमई ब्यालेन्स फण्ड पहिलो सात दशमलव ७२, फरवार्ड माइक्रोफाइनान्स छ दशमलव ७६, पिपल्स हाइड्रोपावर छ दशमलव शून्य चार र बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव ६४ प्रतिशतले गुमाएका छन् ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • ८४ दशमलव ८४ प्रतिशत राजस्व सङ्कलन image

    ८४ दशमलव ८४ प्रतिशत राजस्व सङ्कलन

    कैलाली । ९ महिनामा १ अर्ब ७८ करोड ९८ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । आन्तरिक राजस्व कार्यालय धनगढीले चालु आवको ९ महिनामा उक्त राजश्व संकलन गरेको हो...

  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय image

    यस्तो छ आजको विदेशी मुद्राको विनिमय

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६०...

  • प्रभु बैंकको नाफा एक अर्ब ८१ करोड मात्रै image

    प्रभु बैंकको नाफा एक अर्ब ८१ करोड मात्रै

    काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा प्रभु बैंकको खुद नाफा घटेको छ । बैंकले प्रकाशित गरेको चालू आवको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा घटेको हो ।...

  • आजका लागि विदेशी मुद्राको विनिमय दर image

    आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको र बिक्री...


hotelghyampedanda