नेमकिपा सहित बागमती प्रदेश सभामुखका लागि तीनजनाको उम्मेदवारी दर्ता

नेमकिपा सहित बागमती प्रदेश सभामुखका लागि तीनजनाको उम्मेदवारी दर्ता image

काठमाडौं । बागमती प्रदेशसभाको सभामुख पदका लागि नेपाल मजदुर किसान पार्टीले उम्मेदवारी दर्ता गराएको छ । विहिबार सभामुख पदका लागि नेमकिपाकी सृजना सायजुले सभामुख पदमा उम्मेदवारी दर्ता गराएकी हुन । सायजुको प्रस्तावकमा सांसद गीता काफ्ले र समर्थकमा सांसद सुरेन्द्रराज गोसाइरहेका छन् ।

त्यस्तै सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भुवनकुमार पाठकले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलिया र समर्थकमा नेकपा (माओवादी केन्द्र)का युवराज दुलाल रहेका छन् । प्रदेशसभाको उपसभामुख पदका लागि तोकिएको समयसीमाभित्र कुनै पनि उम्मेदवारी दर्ता नभएकाले शुक्रबार बस्ने प्रदेशसभा बैठकले निर्वाचन कार्यक्रम सार्वजिनक गर्ने जनाइएको छ ।

नेपाली कांग्रेसको तर्फबाट शिवराज अधिकारीले उम्मेदवारी र्दा गराएका छन् । अधिकारीको प्रस्तावकमा कुन्दनराज काफ्ले र समर्थकमा रामकृष्ण चित्रकार रहेका छन् । बागमती प्रदेशसभाको शुक्रबार बिहान ११ बजे बस्ने बैठकले सभामुख चयन गर्ने कार्यक्रम रहेको जनाइएको छ । प्रदेशसभामा एक सय १० जना सांसद रहेका छन् ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda