भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

नेमकिपा सहित बागमती प्रदेश सभामुखका लागि तीनजनाको उम्मेदवारी दर्ता

नेमकिपा सहित बागमती प्रदेश सभामुखका लागि तीनजनाको उम्मेदवारी दर्ता

काठमाडौं । बागमती प्रदेशसभाको सभामुख पदका लागि नेपाल मजदुर किसान पार्टीले उम्मेदवारी दर्ता गराएको छ । विहिबार सभामुख पदका लागि नेमकिपाकी सृजना सायजुले सभामुख पदमा उम्मेदवारी दर्ता गराएकी हुन । सायजुको प्रस्तावकमा सांसद गीता काफ्ले र समर्थकमा सांसद सुरेन्द्रराज गोसाइरहेका छन् ।

त्यस्तै सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भुवनकुमार पाठकले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा नेकपा (एमाले) संसदीय दलका नेता जगन्नाथ थपलिया र समर्थकमा नेकपा (माओवादी केन्द्र)का युवराज दुलाल रहेका छन् । प्रदेशसभाको उपसभामुख पदका लागि तोकिएको समयसीमाभित्र कुनै पनि उम्मेदवारी दर्ता नभएकाले शुक्रबार बस्ने प्रदेशसभा बैठकले निर्वाचन कार्यक्रम सार्वजिनक गर्ने जनाइएको छ ।

नेपाली कांग्रेसको तर्फबाट शिवराज अधिकारीले उम्मेदवारी र्दा गराएका छन् । अधिकारीको प्रस्तावकमा कुन्दनराज काफ्ले र समर्थकमा रामकृष्ण चित्रकार रहेका छन् । बागमती प्रदेशसभाको शुक्रबार बिहान ११ बजे बस्ने बैठकले सभामुख चयन गर्ने कार्यक्रम रहेको जनाइएको छ । प्रदेशसभामा एक सय १० जना सांसद रहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.