भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

नौ बुँदे ‘कल्याणीदेवी घोषाणपत्र’ जारी

नौ बुँदे ‘कल्याणीदेवी घोषाणपत्र’ जारी

काठमाडाैं । जिल्लास्तरीय चौबिसौँ जुनियर युवा रेडक्रस सर्कल (जुरेस) र शिक्षक नायक युवा रेडक्रस सर्कल (युरेस) को गोष्ठी नौ बुँदे ‘कल्याणीदेवी घोषाणपत्र’ जारी गर्दै सम्पन्न भएको छ । बेलकोटगढी नगरपालिका–८ मा रहेको कल्याणीदेवी माध्यमिक विद्यालयमा शुक्रबारदेखि सञ्चालित गोष्ठी समापनका अवसरमा रेडक्रसका नुवाकोट शाखा प्रमुख समुन्द्रबाबु अधिकारीले भावी रणनीति तय गर्दै आगामी वर्ष ऐँसेलुभूमे मावि किस्पाङमा गोष्ठी आयोजना गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

जुरेस तथा युरेसले विभिन्न गतिविधि सञ्चालन गर्न स्थानीयस्तरमा नै स्रोत सङ्कलन तथा परिचालन गरिनुपर्नेमा जोड दिनाका साथै जिल्लाभरका विद्यालयमा जुनियर युवा रेड्क्रसको सङ्ठनात्मक विकास तथा विस्तार गदै पालिकास्तरीय संरचना निर्माण गरिने घोषणापत्रमा उल्लेख छ ।

“प्रत्येक महिना ‘एक विद्यालय–एक गतिविधि’ सञ्चालन गर्ने, युवा रेडक्रस सर्कलबाट कोष निर्माण गर्ने, कोषका लागि प्रत्येक विद्यालयबाट रकम सङ्कलनका लागि अभियान चलाउने, रेड्क्रसले सञ्चालन गर्ने गतिविधिमा युवा सर्कलको सहभागितालाई सक्रिय बनाउने” घोषणापत्रमा भनिएको छ । जुनियर युवा रेड्क्रस सर्कलले जीवनरक्षा तथा स्वास्थ्य सुरक्षासम्बन्धी मानवीय सेवाका साथै जनचेतना अभिवृद्धि, रेडक्रसको सिद्धान्त र मानवीय मूल्य प्रवद्र्धन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको प्रचार, प्रकोप माहामारीको न्यूनीकरण, त्यसका लागि पूर्वतयारी, उद्धार र राहत वितरणमा सहयोगलगायत कार्यलाई अग्रस्थानमा राखेर भूमिका निर्वाह गरिने पनि घोषणापत्रमा उल्लेख गरिएको छ ।

गोष्ठी समापन कार्यक्रममा रेडक्रस नुवाकोट शाखा सभापति हरि श्रेष्ठ, मन्त्री उद्धव शर्मा रिजाललगायत पदाधिकारीले जुनियर रेडक्रस सर्कलले पु¥याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा यसलाई थप जीवन्त बनाएर अघि बढ्न घोषणापत्रलाई पूर्णपमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा बेलकोटगढीका नगरप्रमुख जगतबहादुर गुरुङ, उपप्रमुख शिवप्रसाद दाहाललगायत जनप्रतिनिधि तथा रेडक्रसकर्मीको सभागिता थियो । जिल्लामा दुईसय ३५ भन्दाबढी विद्यालयमा जुरेस र युरेस क्रियाशील छन् ।

 


Thali Mobile Pvt.Ltd.