काठमाडौं । माथिल्लो तटीय परियोजनाको जलमग्न क्षेत्र साथै सामाजिक, वातावरणीय तथा प्राविधिक पक्षलाई समेत ध्यानमा राखेर सप्तकोशी उच्च बाँध परियोजनालाई थप अध्ययन अगाडि बढाउन नेपाल र भारतबीच सहमति भएको छ ।
शुक्रबार नेपाल–भारत सचिवस्तरीय संयुक्त जलस्रोत समितिको नवौँ बैठक र संयुक्त स्थायी प्राविधिक समितिको सातौँ बैठकमा यस विषयमा समहति जुटेको हो ।
बैठकले पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रुप दिन विज्ञ टोलीको समयावधि सन् २०२३ मार्चसम्म थप्ने निर्णय गरेको छ । .
साथै, विज्ञ टोलीको चौथौं बैठक सकेसम्म चाँडै गर्न सहमति जनाइएको छ । सन् २०२२ अप्रिलमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा ऊर्जा क्षेत्र सहकार्य सम्बन्धी नेपाल–भारत संयुक्त भिजन जारी गरिएको थियो ।
