भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

पत्रकारिता छोडेर राजनीतिमा होमिए रवि लामिछाने (भिडियाेसहित)

पत्रकारिता छोडेर राजनीतिमा होमिए रवि लामिछाने (भिडियाेसहित)

काठमाडौं । पत्रकारिता छाडेर रवि लामिछाने राजनीतिमा होमिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका उनले आफूले कुन निर्वाचन क्षेत्रबाट चुनाव लड्ने स्पष्ट खुलाएनन् । आजै निर्वाचन आयोगमा गएर दल दर्ता गर्ने उनले बताएका छन् ।

रविले भने, ‘मलाई निर्वाचन क्षेत्रका बारेमा पनि प्रश्न आइरहन्छ,तपाईँ कुन निर्वाचन क्षेत्रबाट उठ्नुहुन्छ भन्ने प्रश्न आउँछ ।’ झापा, डडेलधुरा, चितवनबाट चुनाव लड्न मन भएको र त्यहाँबाट चुनाव लड्न नडराएको तर सरकारमा को छन् र उनीहरुले विगतमा गरेको चुनाव हेरेर आफू सचेत रहेको उनले बताए ।

राष्ट्रिय सभागृहमा भव्य कार्यक्रमको आयोजना गरी उनले पार्टीका सदस्यहरुको सुझावका आधारमा सुझवुझका साथ उम्मेदवारी घोषणा गर्ने जानकारुी दिए ।

‘आवेशमा आएर होइन, भावनामा बगेर होइन, सुझबुझका साथ जहाँबाट तपाईँहरुको प्रतिक्रिया प्राप्त हुन्छ, जहाँ अधिकांश दर्शकहरुले मलाईमात्र होइन, यहाँ जोडिने उम्मेदवारलाई रुचाउनु हुन्छ, त्यहाँ त्यहाँ उम्मेदवारी दिन्छौं ।’ रविले भने ।

भिडियाे हेर्न यहाँ क्लिक गराैं…

 


Thali Mobile Pvt.Ltd.