पत्रकार बसेको होटेलमा हमला, दुई जनाको मृत्यु

पत्रकार बसेको होटेलमा हमला, दुई जनाको मृत्यु

एजेन्सी । किभ–खेरसन सहरको एक होटलमा युक्रेनी सेनाको मिसाइल आक्रमणमा दुई जनाको मृत्यु भएको छ । क्रेमलिन समर्थक अधिकारीहरुका अनुसार त्यहाँ होटलमा पत्रकार बसेका थिए ।

आक्रमणमा रुस समर्थक पूर्व युक्रेनी सांसद ओलेक्सी झुराभ मारिएको रुस समर्थित अधिकारी किरिल स्ट्रेमोसोभले बताए ।

युक्रेनी सशस्त्र सेनाले आइतवार प्ले होटलमा मिसाइल प्रहार गरेको हो । तर, आक्रमणबारे किभले कुनै प्रतिकृया दिएको छैन् ।

सो आक्रमण युक्रेनको प्रायोजित अतिवादी कार्य भएको टेलिग्राममा पोस्ट गरिएको छ । आक्रमणमको समयमा सो होटलमा रुसी पत्रकारहरु रहेको विवरणमा जनाइएको छ । घटनाबारे स्वतन्त्र पुष्टि हुन बाँकी छ ।

 


Thali Mobile Pvt.Ltd.