भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

पदभन्दा काम महत्वपूर्ण हुने सिद्धान्तलाई आत्मसात गर्दै वागीश्वरी मावि

पदभन्दा काम महत्वपूर्ण हुने सिद्धान्तलाई आत्मसात गर्दै वागीश्वरी मावि

भक्तपुर । वागीश्वरी माध्यमिक विद्यालयका नवनियुक्त सहायक प्रधानाध्यापक उकेश सुवालको बधाई कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

कार्यक्रममा वागीश्वरी माविका संयोजक ज्ञानसागर प्रजापतिले वागीश्वरी आफैमा ठूलो शैक्षिक संस्था भएकोले शैक्षिक मितव्ययिता अतिआवश्यक रहेकोे बताए । विद्यालयको प्रगतिमा शिक्षक शिक्षिकाभन्दा बढी अभिभावक चिन्तित हुने भएकोले अभिभावकको मन जित्न हरेक शिक्षक शिक्षिकाहरु प्रयासरत रहनुपर्ने आवश्यकता उनको भनाई छ ।

पदभन्दा काम महत्वपूर्ण हुने सिद्धान्तलाई आत्मसात गरेको यस संस्थामा सहज रुपमा उत्तराधिकारी तयार भइरहेकोमा खुशी व्यक्त गरे । वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले नवनियुक्त सहायक प्रधानाध्यापकलाई बधाईज्ञापन गर्दै वागीश्वरी कलेज र विद्यालय वैधानिक रुपमा फरक भएता पनि सैद्धान्तिक र व्यवहारिक रुपमा एक भएको स्पष्ट पारे ।

बधाई ग्रहण गर्दै नवनियुक्त सहायक प्रधानाध्यापक उकेश सुवालले विद्यालयको प्रगतिको लागि हर समय समर्पित हुने प्रतिबद्धता व्यक्त गर्दै सहयोगका लागि सबैमा अनुरोध गरे । विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षक ग्याहेन्द्र प्रसाद दाहाल, विशेश्वर मानन्धर र राजन लाखाले आ आफ्नो धारणा राखेका थिए ।

 


Thali Mobile Pvt.Ltd.