भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

सूर्य चिह्नमा विवाद देखिएकाले कसैलाई नदिन निर्वाचन आयोगलाई देउवाको आग्रह (भिडियाे सहित)

सूर्य चिह्नमा विवाद देखिएकाले कसैलाई नदिन निर्वाचन आयोगलाई देउवाको आग्रह (भिडियाे सहित)

काठमाडौं । नेपाली कांग्रेसले आज देशभर विरोध प्रदर्शन गरेको छ । सभापति शेरबहादुर देउवाले भैरहवामा भएको विरोधसभालाई सम्बोधन गर्दै संसद विघटन भएको ६ महिनाभित्र चुनाव गराउनुपर्ने संवैधानिक व्यवस्था रहेको भएपनि निर्वाचन आयोगले अहिलेसम्म चुनावी कार्यतालिका बाहिर नल्याउँनुले शंका उत्पन्न भएको बताए ।

देउवाले नेकपाको दुई समूहका बीचमा निर्वाचन चिह्नका बारेमा विवाद भइरहेकाले विवाद समाधान गर्न कसैलाई पनि सूर्य चिन्ह नदिन आग्रह गरे । कसलाई सूर्य चिह्न दिने भनेर अहिलेसम्म निर्णय गर्न नसक्ने ? भन्दै सबैभन्दा उत्तम त अरु नै चिह्न थमाई दिए भयो नि भनेर देउवाले निर्वाचन आयोगलाई सुझाव दिए ।

यता भक्तपुरमा सभापछि दुर्लभ थापाको नेतृत्वमा महिला संघ, जनवर्गीय संघ संगठनले केपी कदमको विरोध गरेका छन् । दुधपाटीबाट सुरुभएको जुलुश टौमढीमा पुगेर विरोध सभामा परिणत भएको थियो । विरोध सभामा बोल्ने वक्तताहरुले केपीको असम्बैधानिक कदम भन्दै विरोध गरेका थिए ।

हेनुहोस भिडियो…

 

 


Thali Mobile Pvt.Ltd.