भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

पद्माकुमारीलाई उछिन्दै ६५४ मतले धनराज गुरुङ अघि

पद्माकुमारीलाई उछिन्दै ६५४ मतले धनराज गुरुङ अघि

स्याङ्जा । प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले अग्रता लिएका छन् ।

निकटतम प्रतिद्वन्द्वी एमालेकी पद्माकुमारी अर्याललाई छ सय ५४ मतान्तरले पछि पार्दै गुरुङ अघि लागेका हुन् । यसअघि अर्यालले सुरुवाती अग्रता लिएकी थिइन् ।

अहिले कांग्रेसका गुरुङले तीन हजार नौ सय एक मत प्राप्त गर्दा अर्यालले तीन हजार दुई सय ४७ मत पाएकी छन् ।

गल्याङ नगरपालिको वडा नं ६ र ७ तथा भीरकोट नगरपालिकाको वडा नं ५, ६, ७ र ८ को मतगणना सकिएको निर्वाचन अधिकृत रामचन्द्र शर्माले बताए ।

क्षेत्र नं २ (१) मा कांग्रेस उम्मेदवार भोजराज अर्यालले चार हजार ८३ मत प्राप्त गरेका छन् । एमालेका मोहन रेग्मीले तीन हजार तीन सय २९ मत प्राप्त गरेको निर्वाचन अधिकृत शर्माले बताए ।

दुवैबीचको मतान्तर सात सय ५४ रहेको छ ।

 


Thali Mobile Pvt.Ltd.