मेक्सिको बाहिरियो

मेक्सिको बाहिरियो

काठमाडौं । विश्वकप फुटबलमा मेक्सिकोले साउदी अरेबियामाथि २–१ को जित निकालेको छ ।

कतारका लुसाइल स्टेडियममा गए राति खेलको ४७ औँ मिनेटमा हेनरी मार्टिनले र ५२ औँ मिनेटमा लुईस चाभेजले गोल गरेका दिए ।

खेलको इन्जुरी समयमा साउदीका सलिम अल्दावसरीले गोल गरे । साउदीमाथि २–१ को जित निकाले पनि मेक्सिको समूह चरणबाट बाहिरिएको छ ।

समूह ‘सी’ को मेक्सिको ३ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रह्यो । साउदी ३ अंक जोडेर पुछारमा रह्यो ।

 


Thali Mobile Pvt.Ltd.