भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

पहिरोले ३ घर बगाउँदा ओखलढुंगामा एकै परिवारका ३ जनाको मृत्यु, अन्य बेपत्ता

पहिरोले ३ घर बगाउँदा ओखलढुंगामा एकै परिवारका ३ जनाको मृत्यु, अन्य बेपत्ता

ओखलढुंगा । चम्पादेवी गाउँपालिका ८ बिलन्दुमा भीषण वर्षापछि गएको पहिरोले ३ घर बगाएको छ । बिहीबार राति पहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् ।

घर पुरिँदा स्थानीय ३६ वर्षका रणबहादुर गुरुङ र उनकी पत्नी ३१ वर्षीया शिवमाया गुरुङ र १८ महिने छोरी कृतिका गुरुङको मृत्यु भएको हो । त्यसैगरी उनीहरुका १० वर्षका छोरा दिनेश गुरुङ  बेपत्ता भएका छन् ।

बेपत्ताको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । स्थानीय बलबहादुर गुरुङ र जरसिंह गुरुङको पनि घर बगाएको छ । उनीहरु भने भागेर ज्यान जोगाउन सफल भएको डिएसपी दिपकबहादुर केसीले बताए ।

राति नै स्थानीयले प्रहरीलाई पहिरोबारे जानकारी दिएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेर उद्धारमा खटिएको थियो । उद्धारका लागि थप प्रहरीसमेत जिल्लाबाट खटाइएको डिएसपी दिपकबहादुर केसीले बताए ।

 


Thali Mobile Pvt.Ltd.