भर्खरै : Sorry, your browser does not support inline SVG.

पहिलोपटक प्यालेस्टाइनमा पठायो राजदूत

पहिलोपटक प्यालेस्टाइनमा पठायो राजदूत

रियाद । साउदी अरबले प्यालेस्टाइनका लागि पहिलो पटक गैरआवासीय राजदूत नियुक्त गरेको छ ।

सञ्चार माध्यमका अनुसार साउदी अरेबियाका लागि नयाँ राजदूतले जेरुसेलमका लागि कन्सुल जनरलको रूपमा पनि काम गर्नेछन् ।

साउदी अरबको विदेश मन्त्रालयले जोर्डनका लागि वर्तमान राजदूत नाइफ अल सुदैरीलाई प्यालेस्टाइनका लागि गैरआवासीय राजदूतमा नियुक्त गरेको हो ।

नाइफ अल सुदैरीले त्यसपछि जोर्डनको राजधानी अम्मानमा प्यालेस्टिनी दूतावासमा प्यालेस्टिनी राष्ट्रपतिका कूटनीतिक मामिला सल्लाहकार माजदी अल खालिदीलाई

भेटे र आफ्नो ओहोदाको प्रमाणपत्र हस्तान्तरण गरे । साउदी अरबको विदेश मन्त्रालयले ट्वीट गर्दै सो जानकारी दिएको हो ।

 


Thali Mobile Pvt.Ltd.