भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

पहिलो पटक पुगिन् अरबी महिला अन्तरीक्षमा

पहिलो पटक पुगिन् अरबी महिला अन्तरीक्षमा

काठमाडौं । पहिलो पटक एक अरबी महिला फल्कन–९ रकेट मार्फत अन्तरीक्षमा पुगेकी छन्। आइतबार अमेरिकाबाट प्रक्षेपण गरिएको स्पेस एक्सको फल्कन–९ रकेट मार्फत साउदी अरबकी रेयाना बर्नावी अन्तरीक्षमा पुगेकी हुन्।

यस निजी मिसनमा साउदीका अर्का एक पुरुष पनि सहभागी रहेको बताइन्छ। बर्नावी अन्तर्राष्ट्रिय स्पेस स्टेशन आईएसएसमा १० दिन रहने छन्।

यता बीबीसीका अनुसार बर्नावी बायोमेडिकल वैज्ञानिक हुन् । उनी अन्तरिक्षमा रहने अवधिमा स्टेम सेल र स्तन क्यान्सरबारे अनुसन्धान गर्ने छिन्।

बर्नावीले रियाद स्थित किङ फैसल स्पेसियालिस्ट हस्पिटल एन्ड रिसर्च सेन्टरमा स्टेम सेल र तन्तुको पुनः बनावटबारे परियोजनामा अनुसन्धान प्रयोगशाला प्राविधिकका रुपमा गरेको अनुभवका आधारमा त्यँहा प्रयोग गर्नेछिन् ।

बर्नावीसंगै गएका अरबी पुरुष अली अलकर्नी अन्तरिक्षमा पुग्ने दोस्रो अरबी पुरुष हुन्। उनी मिसन विशेषज्ञसमेत हुन्। उनीहरुसँग दुई अमेरिकी सहभागी छन्। उनीहरु स्पेस एक्सको ड्रागन अन्तरिक्षयानमार्फत् अन्तरिक्षमा पुगेका थिए।

साउदी अरबमा महिलाहरुले आफैँ गाडी चलाउने अधिकार सन् २०१८ मा मात्रै पाएका थिए। मानव अधिकारकर्मीहरुले पुरुष अभिभावकत्वको कानुनले यहाँ अझै पनि महिलाका अधिकारहरु सीमित गरेको आरोप लगाउने गरेका छन्।

 


Thali Mobile Pvt.Ltd.