भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

पाँचथर : १ करोड २८ लाख रुपैयाँमा सुभाङ खोलामा बनेको पुल प्रयोगविहीन

पाँचथर : १ करोड २८ लाख रुपैयाँमा सुभाङ खोलामा बनेको पुल प्रयोगविहीन

पाँचथर । पाँचथरमा एक करोड २८ लाख रुपैयाँमा लगानीमा बनेको पक्की पुल प्रयोगविहीन भएको छ । विसं २०७३ सालमा निर्माण सम्पन्न भएको हिलिहाङ गाउँपालिकाको वडा नं ४ पञ्चमी र वडा नं ५ सुभाङलाई जोड्ने सुभाङ खोला पुल प्रयोगविहीन भएको हो ।

यो पुल रहेको ठाउँभन्दा करिब सय मिटरमाथिबाट तमोर करिडोर बनेपछि तीन वर्षदेखि पुल प्रयोगविहीन अवस्थामा छ । करिडोर निर्माणपछि पुलसम्म पुग्ने कच्ची सडक पनि क्षतिग्रस्त भएको छ । अहिले यो पुल सुभाङ खोलाको वारिपारिका कृषकको आवतजावतबाहेक अन्य काममा प्रयोगमा छैन ।

हिलिहाङ–५ का खगेन्द्र योङहाङका अनुसार वर्षायाममा सुभाङ खोला पार गर्न समस्या भएपछि यहाँ पुल निर्माणका लागि तत्कालीन जिल्ला विकास समितिमा स्थानीयवासीबाट माग भएको थियो । तत्कालीन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय मातहतको स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग डोलिडार र जिल्ला विकास समिति पाँचथरको संयुक्त लगानीमा १६ दशमलव ३० मिटरको पक्की पुल निर्माण भएको थियो । एक करोड २८ लाखको लागतमा इलामको गजुरमुखी निर्माण कम्पनीले पुल निर्माण सम्पन्न गरेको थियो ।

पुल सञ्चालनमा आउनासाथ करिडोर निर्माण शुरु भयो । अहिले यो पुल रहेको ठाउँबाट करिब सय मिटरमाथि करिडोरमा कल्भर्टबाट गाडी आवतजावत गर्ने गरेका छन् । करिडोरबाटै गाडी आवतजावत गर्न थालेको तीन वर्ष नाघिसकेको छ । तमोर करिडोर निर्माणको सर्वेका क्रममा यही पुललाई प्रयोग गर्न स्थानीयवासीले जोड दिए पनि प्राविधिक जटिलताले सम्भव नभएको योङहाङको भनाइ छ ।

ुयो पुल प्रयोग गरी करिडोरका ट्रयाक निर्माण गर्न हिलिहाङ–४ तर्फ उपयुक्त नभएको र पुल सिङ्गल लेनको भएकाले भविष्यमा प्रयोग हुन नसक्ने भनेर प्राविधिकले भनेँु, योङहाङले भन्नुभयो, त्यसैले करिडोरले यो पुललाई प्रयोग गरेन ।

हिलिहाङ–५ का तिलक सुहाङ राज्यको ठूलो लगानी खेर जाने अवस्था आएको बताउनुहुन्छ । ुपुल बनिनसक्दै नयाँ सडक निर्माण भयो । राज्यको ठूलो लगानी यतिकै खेर गयोु, सुहाङले भन्नुभयो, दीर्घकालीन सोच राखेर बनाइएको भए राज्यको लगानी खेर जाने थिएन । पुल निर्माण भएको दुवैतर्फ धान उत्पादन हुने खेत थियो ।

एकातर्फ कृषकको खेती मासिएको छ भने बनेको पुल झाडीले छोपिँदै गएको छ । यो पुलबाट करिब चार वर्ष गाडी ओहोरदोहोर गरेको हिलिहाङ–४ का डम्बर आचार्यको भनाइ छ । तमोर करिडोर अहिले सञ्चालनमा रहेको ट्रयाक पुलको पारिपट्टि जलुके पहिरोले क्षतिग्रस्त बनेको छ । विगतबाटै पहिरोको समस्या रहेको यस ठाउँमा सडक स्थायी हुन नसक्ने भएकाले सुभाङ खोला पुल प्रयोग गरी नयाँ ट्रयाकलाई कालोपत्र गरिनपर्ने स्थानीयवासीको माग छ ।

 


Thali Mobile Pvt.Ltd.