पाँच दिनदेखि युवती बेपत्ता

पाँच दिनदेखि युवती बेपत्ता

ललितपुर । ललितपुरको धोबीघाटबाट हराएकी युवती खोज्न ललितपुरमा दर्जनौं प्रहरी परिचालन भएका छन् । ६ गते बेलुकी ७ बजे ललितपुरको बल्खुबाट चोभारको वागमती नदीबाट हराएकी ३० वर्षीया जेरुसा राईको अत्तोपत्तो छैन ।

जिल्ला प्रहरी परिसर ललितपुरको सहयोगमा खोजी जारी राखेको छ । डिप्रेसनको औषधि सेवन गरिरहेकी जेरुसाले आमा चम्पा घिमिरे र आफैंलाई सम्बोधन गरी सुसाइट नोट लेखेर घर छाडेकी थिइन् ।

जेरुसाले सुसाइट नोटमा लेखेकी छन्– ‘आमा तपाईंको कुनै गल्ती छैन, आफ्नो टेक केयर आफैंले गर्नुहोला । मेरो जीवन राम्रो छ तर अहिलेको समय मलाई जानु छ । मलाई माफ गरिदिनुहोला लभ जेरुसा, वागमती खोला, पिन नम्बर ५५२० ।’

६ गते रातभर चोभारको वागमती वरपर खोजे पनि फेला नपरेकी जेरुसाका आमा चम्पाले ७ गते जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी थिइन् ।

 


Thali Mobile Pvt.Ltd.