भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

सांसद र पार्टीको साधारण सदस्य समेत नरहने गरी सरिता गिरीलाई कारबाही गरिदै

सांसद र पार्टीको साधारण सदस्य समेत नरहने गरी सरिता गिरीलाई कारबाही गरिदै

१ असार २०७७ काठमाडौं । सांसद सरिता गिरी अब निलम्वनमा पर्ने भएकी छन् । समाजवादी पार्टीले उनलाई पार्टी र सांसद दुबै पदबाट हटाउने जनाएको छ ।

नक्सासम्बन्धी संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीले जारी गरेको ह्विप उल्लंघन गर्दै तथानाम बोलेको कारण पार्टीको साधारण सदस्यबाट पनि हटाउन लागिएको समाजवादी पार्टीका एक बरिष्ठ नेताले बताए ।

पार्टीको निर्णय विपरीत गिरीले ह्वीप नमानेकाले स्वतः कारवाहीमा पर्ने नेताको भनाई छ ।

सांसद पद निलम्वन हुने प्रावधान
संविधानको धारा ८९ को (ङ) मा जुन दलको उम्मेदवार भई प्रतिनिधिसभा सदस्य बनेको हो, त्यस्तो दलले दल त्याग गरेको कुरा सूचित गरेमा सांसद पद निलम्वन हुने प्रावधान छ ।

यही व्यवस्था अनुरुप खस आर्यको कोटाबाट समानुपातिक सांसद बनेकी समाजवादी पार्टीकी नेतृ गिरी निलम्बन गरिने नेताले बताए ।

 


Thali Mobile Pvt.Ltd.