भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ताको पहिचानका लागि आफन्तको डीएनए परीक्षण जारी | जलवायु सङ्कटको असर : प्रशान्तका टापु राष्ट्रमा खाद्य र खानेपानी अभावको जोखिम बढ्दै | व्यावसायिक ग्यास उद्योगमै पुगेर ल्याउनुपर्ने निर्णयको होटल व्यवसायीले गरे विरोध | चिनियाँ सरकारका लागि गैरकानुनी रूपमा काम गरेको आरोपमा अमेरिकी पत्रकारलाई २ वर्ष जेल | कृष्णभीरको पहिरो पन्छाउने काम तीव्र, रुख कटान सकिएलगत्तै सडक खुलाउने तयारी | रसुवा बाढी : मृतकको सङ्ख्या १ हजार २५२ पुग्यो, ४ हजार २१६ अझै सम्पर्कविहीन | हिमाली क्षेत्रमा बढ्दो हिम–चट्टान पहिरोको जोखिम, परम्परागत पूर्वसूचना प्रणाली अपर्याप्त हुने विज्ञको चेतावनी | भोटेकोशी बाढीपछि १३ परिवारको पर्खाइ : ‘एकपटक फोन गरेर सकुशल छु भनिदिए हुन्थ्यो’ |

पार्टी गतिविधि जनतामाझ लैजानुपर्छः बिजुक्छेँ

पार्टी गतिविधि जनतामाझ लैजानुपर्छः बिजुक्छेँ

भक्तपुर । पार्टीका गतिविधिलाई जनताबीच अझ बढी सेवाभावका साथ सक्रियरूपमा लैजान नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले कार्यकर्तालाई निर्देशन दिएका छन् ।

बिहीबारदेखि भक्तपुरमा सुरु भएको पार्टीको ३२औँ केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै बिजुक्छेले राजनीतिक स्वार्थ र अन्तर्राष्ट्रिय परिस्थितिका कारण देश अहिले सङ्कटमा पर्दै गएको बताएका छन् ।

बैठकमा एमसिसी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति र वर्तमान राजनैतिक अवस्थाका बारेमा विश्लेषण भएको बैठकमा सहभागी केन्द्रीय सदस्यले बताए ।

कोभिडले निम्त्याएका समस्या, पार्टीको नौ महिनाका गतिविधिका बारेमा समिक्षा भएको छ । पार्टीको केन्द्रीय समिति बैठक भोलिसम्म चल्ने छ ।

 


Thali Mobile Pvt.Ltd.