भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

पीएसजीको शानदार जित

पीएसजीको शानदार जित

काठमाडौं । नेमारले ह्याट्रिक गरेपछि युरोपियन च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले शानदार जित हात पारेको छ ।

रंगभेदी दुर्व्यवहारका कारण बिचमै स्थगित भएपछि गएराति भएको खेलमा पीएसजीले टर्किस क्लब इस्तानबुल बासाकसेयरलाई ५.१ ले पराजित गरेको हो । पीएसजीका लागि नेमारले ह्याट्रिक गर्दा बाँकी दुई गोल किलएन एमबाप्पेले गरे । घरेलु मैदान पार्क डे प्रिन्समा भएको खेलमा नेमारले १औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाए ।

३८औं मिनेटमा नेमारले नै गोल गर्दै अग्रता दोब्बर पारे । ४० औं मिनेटमा पीएसजीका मिचेल बाकेरले गोल गरेपनि त्यसले मान्यता पाएन । ५०औं मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै नेमारले ह्याट्रिक पूरा गरे । स्तानबुलका लागि ५७० मिनेटमा मेहमेत टोपालले एक गोल फर्काएका थिए ।

६२औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि पीएसजीले शानदार जित हासिल गरेको हो । जितपछि १२ अंक जोड्दै पीएसजी समूह एचको समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.