भर्खरै : Sorry, your browser does not support inline SVG.

पीत पत्रकारिता छाेडेर सत्यका पक्षमा कलम चलाउन पत्रकारलाई प्रधानमन्त्रीकाे आग्रह

पीत पत्रकारिता छाेडेर सत्यका पक्षमा कलम चलाउन पत्रकारलाई प्रधानमन्त्रीकाे आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको जिकिर गरेका छन् । त्यहि भएर आफूले प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचन जान लागेको दावी गरेका छन् ।

प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलाको आज काठमाडौंमा उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ओलीले अवरोध चिरेर विकास र समृद्धिका यात्रामा अघि बढ्न सरकार र पार्टी दृढताका साथ लागेको बताए । प्रधानमन्त्री ओलीले पीत पत्रकारिता आफैँ हराएर जाने भन्दै देश, जनता, लोकतन्त्र, स्थिरता र सत्यका पक्षमा कलम चलाउन पत्रकारलाई आग्रह गरे ।

हेर्नुहाेस् भिडियाे…

ओलीले देशका सबै केटाकेटी आफ्ना सन्तान भएको बताउदै प्रचण्डले दिएको अभिव्यक्तिलाई छोराछोरी नभएपनि सारा केटाकेटी आफ्नै सन्तान भएको बताए । भेलामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, उर्जामन्त्री टोपबहादुर रायमाझी लगायत नेता, मन्त्री र पत्रकारिता क्षेत्रका अग्रजको सहभागिता रहेको थियो ।

 


Thali Mobile Pvt.Ltd.