पुनर्जीवन दिन स्वास्थयकर्मीलाई हम्मेहम्मे

पुनर्जीवन दिन स्वास्थयकर्मीलाई हम्मेहम्मे

काठमाडौं । जिन्दगी भरीको खुसी खोसियो भन्दै भेरी अस्पतालमा एक जना कराइरहेको दृश्यले नेपाल मात्रै होइन संसारमा यस्तै भइरहेको छ भन्ने भान भइरहेको छ । ३२ वर्षीय जीवनलाई लाउँलाउँ खाउँखाउँ भन्ने उमेरमा कोरोनाले लगेपछि छोराछोरीको विचल्ली भएको छ ।

कोरोना संक्रमणबाट मृत्यु भएका उनको सुरुमा सामान्य लक्षण देखिए पनि एक्कासि कोरोना पुष्टि भएको थियो । पिसिआर टेष्ट गराएका रानाभाटको भेरी अस्पतालको शय्यामा कोरानाका कारण मृत्यु भएको हो । सामान्य लक्षण देखिएका उनको साताभित्रमा भुसमा आगो सल्किए जस्तै भएर जीवन गयो । उनको मात्रै हाइन ग्रामीण र सहरी क्षेत्रमा अहिले यस्तै गरी फैलिएको छ।

स्थानीय तहमा दैनिक दुई सयको हाराहारीमा कोरोना पुष्टि भएको रेकर्ड आउँछ । बाँकेमा रहेका कोभिड अस्पताल दिनहुँ अकालमा ज्यान गुमाएकामध्ये युवा धेरै छन् । बाँकेका कोभिड अस्पतालमा अधिकांश चिकित्सक र स्वास्थ्यकर्मी कोरोना अछुतो छैनन् । स्रोत र साधन पर्याप्त नहुँदा कोभिड अस्पतालको व्यवस्थापन भद्रगोल अवस्था सृजना भएको छ।

कोभिड अस्पतालमा अक्सिजन, औषधि र बेड अभावमा अस्पतालमा बाहिर बिरामी छटपटाइरहेका छन्। संघीय र प्रदेश सरकारको प्राथामिकतामा नपर्दा सीमित स्रोतसाधनबीच मानिस पुनर्जीवन दिन स्वास्थयकर्मीलाई हम्मेहम्मे परेको छ। स्रोतसाधनको अभावमा बलजफ्ति कोरोनाका बिरामीको उपचार भइरहेको छ। कतिपय बिरामीले उपचार पाएका छैनन्। दुई साता अघिदेखि कोरोना संक्रमितको घुइँचो लागे पनि उपचारबिनै अस्पताल छटपटाउनुपर्ने बाध्यतामा बिरामी छन्।

 


Thali Mobile Pvt.Ltd.