भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पुनर्स्थापित संसदः प्रधानमन्त्री देउवाले पाए विश्वासको मत

पुनर्स्थापित संसदः प्रधानमन्त्री देउवाले पाए विश्वासको मत

काठमाडौं । सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधिसभा ९संसद० जोगाउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । संसदको पहिलो बैठकमै आइतबार विश्वासको मत लिएका देउवाको पक्षमा १६५ मत परेको छ ।

नेपाली कांग्रेसका सभापति समेत रहेका देउवालाई आफ्नै दल कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले मत दिएका हुन् । एमालेका पनि २२ सांसदले उनलाई मत दिएर संसद जोगाएका हुन् ।

२९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका देउवाको पक्षमा उभिएका एमाले एमाले सांसद भीम रावलले अन्तिममा आएर राजीनामा दिएपछि खैलावैला मच्चिएको थियो । मतदानमा २४९ जना सांसद सहभागी भएका थिए भने विपक्षमा ८३ मत खसेको थियो । नेपाल मजदुर किसान पार्टी र राप्रपा तटस्थ बसेका थिए ।

 


Thali Mobile Pvt.Ltd.