भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पूर्व राजावादीहरुले एमालेलाई घेराबन्दी गर्न खोजे: ओली

पूर्व राजावादीहरुले एमालेलाई घेराबन्दी गर्न खोजे: ओली

काठमाडौं । पूर्व राजावादीहरुले अनेक षड्यन्त्र गरिरहेको आरोप लगाउदै यो चुनावमा तह लगाउने एमाले अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

नुवाकोटको बट्टार बजारमा आयोजित जनसभामा बोल्दै अध्यक्ष ओलीले आफू र आफ्नो दलविरुद्ध पूर्व राजावादीहरु लागेको आरोप लगाए ।

एमालेप्रति जनताको साथ देखेर अत्तालिएकाहरुले आफ्नो जिल्ला र नगरपालिकामा पूर्व राजावादीहरुसँग प्रतिस्पर्धा गर्न नसक्ने भनेर अर्को षड्यन्त्र बुनिरहेको जिकिर गरे ।

यसका साथै उनले सर्वोच्च अदालतबाट बनेको गठबन्धनको सरकारले एमालेलाई घेराबन्दी गर्न खोजेको टिप्पणी गरे । एमाले एकक्षणका लागि मात्र प्रतिपक्षमा भएको र अब चुनावपछि फेरि सत्तामा जाने दाबी गरे।

 


Thali Mobile Pvt.Ltd.