भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

पेट्रोल र डिजेलको मूल्य बढ्यो

पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाण्डौ । नेपाल आयल निगमले गएराति १२ बजेपछि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले पेट्रोल प्रति लिटरमा ९ रुपैयाँ बढाएको छ भने डिजेल र मट्टीतेलमा लिटरमा सात रुपैयाँ बढाएको हो ।

भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आयल निगमले जानकारी दिंदै खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर एक सय ३० रुपैयाँ घटाएको छ । अब एलपी ग्यासको मूल्य प्रतिलिण्डिर एक हजार ६ सय ६० रुपैयाँमा कायम भएको छ । पेट्रोलको मूल्य प्रतिलिटर वर्गअनुसार पहिलो वर्गमा एक सय ७०, दोस्रो वर्गमा एक सय ७२ र तेस्रो वर्गमा एक सय ७३ रुपैयाँ पुगेको छ । डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा एक सय ५०, दोस्रोमा एक सय ५२ र तेस्रो वर्गमा एक सय ५३ रुपैयाँ भएको छ ।

सरकारले पेट्रोलियम पदार्थको भाउमा स्वचालित मूल्य प्रणाली लागू गरेसंगै भारतबाट पेट्रोलियम पदार्थको भाउ घटबढ भएर आउने बित्तिकै नेपालमा पनि घटबढ हुन्छ ।

 


Thali Mobile Pvt.Ltd.