भर्खरै : Sorry, your browser does not support inline SVG.
स्पेनमा भीषण रेल दुर्घटना, ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक | शनिबारसम्म वर्षा र हिमपातको सम्भावना, पाकेको धान नकाट्न मौसमविद्को सुझाव | जिज्ञान थापाको राजदूत नियुक्ति अन्योलमा, सुनुवाइ समितिको निर्णय कुर्दै सरकार | भक्तपुरमा पक्षघातबारे जनचेतना, निःशुल्क स्वास्थ्य परीक्षण | तीन महिनामै ३ अर्ब ६४ करोडको चामल आयात, कृषिप्रधान देशकै अर्बौं रुपैयाँ विदेशियो | ‘अर्नब’ चक्रवातको सम्भावित प्रभाव नेपालमा पनि, भारी वर्षा र हिमपातको जोखिम | वैदेशिक व्यापार ४० प्रतिशतभन्दा बढीले बढ्यो, निर्यात १ खर्ब नाघ्यो | स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किए, ३९ जनाको मृत्यु |

पेट्रोल र डिजेलको मूल्य बढ्यो

पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाण्डौ । नेपाल आयल निगमले गएराति १२ बजेपछि लागू हुने गरी पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले पेट्रोल प्रति लिटरमा ९ रुपैयाँ बढाएको छ भने डिजेल र मट्टीतेलमा लिटरमा सात रुपैयाँ बढाएको हो ।

भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आयल निगमले जानकारी दिंदै खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर एक सय ३० रुपैयाँ घटाएको छ । अब एलपी ग्यासको मूल्य प्रतिलिण्डिर एक हजार ६ सय ६० रुपैयाँमा कायम भएको छ । पेट्रोलको मूल्य प्रतिलिटर वर्गअनुसार पहिलो वर्गमा एक सय ७०, दोस्रो वर्गमा एक सय ७२ र तेस्रो वर्गमा एक सय ७३ रुपैयाँ पुगेको छ । डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा एक सय ५०, दोस्रोमा एक सय ५२ र तेस्रो वर्गमा एक सय ५३ रुपैयाँ भएको छ ।

सरकारले पेट्रोलियम पदार्थको भाउमा स्वचालित मूल्य प्रणाली लागू गरेसंगै भारतबाट पेट्रोलियम पदार्थको भाउ घटबढ भएर आउने बित्तिकै नेपालमा पनि घटबढ हुन्छ ।

 


Thali Mobile Pvt.Ltd.