भर्खरै : Sorry, your browser does not support inline SVG.

माओवादीको केन्द्रीय समितिको बैठक बस्दै

माओवादीको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । करिब डेढ वर्षपछि आजदेखि माओवादी केन्द्र केन्द्रीय समितिको बैठक बस्दैछ । समसामयिक राजनीतिक, सांगठनिक र पार्टीको आगामी योजनासम्बन्धी छलफल गर्न केन्द्रीय समिति बैठक आज बिहान ११ बजेबाट काठमाडौंस्थित प्रज्ञा भवनमा बस्ने भएको हो ।

महासचिव देव गुरुङले मुख्यगरी समसामयिक राजनीतिक, सांगठनिक र पार्टीका आगामी योजनासम्बन्धी प्रस्ताव तयार गरेको बताउँदै निर्वाचन, सत्ता गठबन्धन, सरकार निर्माण, माओवादी नेतृत्वको सरकारको समीक्षा, प्रदेश र आफूले जितेका पालिकाको कामबारे समीक्षा गर्ने तयारी गरेको बताए ।
त्यस्तै महाधिवशेनपछि हुन नसकेको नेताहरूको कार्याविभाजन यसपटक गर्ने प्रस्तावमा उल्लेख रहेको छ ।

डेढ वर्षपछि आज देखि सुरु हुन लागेको केन्द्रीय समितिको बैठकका एजेण्डा तय गर्न पदाधिकारी बैठकपछि स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय परिसडाडा कोटेश्वरमा बैठक जारी छ ।
२०७८ पुसमा महाधिवशेनपछि एकपटक मात्र केन्द्रीय समिति बैठक बसेको थियो ।

 


Thali Mobile Pvt.Ltd.