भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पेस्तोलसहित लुटपाटमा संलग्न दुई जना पक्राउ

पेस्तोलसहित लुटपाटमा संलग्न दुई जना पक्राउ

काठमाडौं । काभ्रेली समुहको नाममा काठमाडौंमा अपराधिक घटना गर्दै हिड्ने दुई जनालाई सशस्त्र प्रहरीले पेस्तोल सहित पक्राउ गरेको छ ।

काठमाडौं वडा नं. ५, गहना पोखरीको एक रेष्ट्रो वारबाट आज सशस्त्र प्रहरी बलको इन्टिलिजेन्स व्यूरोको विशेष टालीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नमोवुद्ध नगरपालिका ११ काभ्रे घर भई हाल काडाँघारी बस्दै आएका अनन्त तामाङ्ग (वर्ष २२) र शिखरआम्वोटे शेसी गाउँपालिका–३ घर भई हाल काडाँघारी बस्दै आएका पोटे लामा ( वर्ष २७) रहेका छन् ।

उनीहरुको साथबाट ९ एम.एमको पेस्तोल, एक म्यागजिन र पाँच राउण्ड गोली बरामद गरिएको प्रहरीले बताएको छ । साथै उनीहरुले प्रयोग गर्दै आएको ०३ प्रदेश ११ प ४३१५ नम्बरको २२० सिसिको प्लसर मोटरसाइकल पनि बरामद गरेको छ ।

उनीहरु नक्कली सुन तथा वुद्धचित्रको लुटपाटमा पनि संलग्न रहेको र थप अनुसन्धानका लागि नेपाल प्रहरीमा बुझाएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.