प्रचण्डकाे बाेलीमा कुनै तुक छैन : शंकर पाेखरेल

प्रचण्डकाे बाेलीमा कुनै तुक छैन : शंकर पाेखरेल

१० साउन २०७७ काठमाडौं । आफू सरकारमा हुँदा सिन्को सम्म भाँच्न नसक्ने पुर्व प्रधानमन्त्री प्रचण्डले अहिले नक्सा मैले जारी गरेको हुँ भन्न लाजमान्नु पर्ने प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रति आक्रोष व्यक्त गर्दै पोखरेलले पुष्पलाल स्मृती दिवसको कार्यक्रमलाई संबोधन गर्दै आफूले नक्सा जारी गर्न दवाव दिएको भन्नु हास्यास्पद भएको टिप्पणी गरे । कालापानी क्षेत्रको सीमा विवादका बारेमा आफु प्रधानमन्त्री हुदा के हेरेर बसेको रु प्रश्न गर्दै पोखरेलले लाज पचेपछि कस्को के लाग्छ र भने ।

लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समेटेर नयाँ नक्सा जारी गर्ने हिक्मत केपी ओली बाहेक अरू कसैले नसकेको दावी गरे । प्रर्चण्डले केपीलाइ लालछना लाउनुको कुनै तुक नभएको भन्दै पोखरेलले आफ्नो हैसियतमा बस्न प्रचण्डलाइ सुझाव दिए ।

 


Thali Mobile Pvt.Ltd.