भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रचण्डकी पत्नी सीता दाहालको भेन्टिलेटरमा उपचार हुँदै

प्रचण्डकी पत्नी सीता दाहालको भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् ।

स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ ।

अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ।

अक्सिजनको मात्रा घटेपछि दाहाललाई अस्पताल भर्ना गरिएको भनाइ छ । उनी पार्किन्सन जस्तो देखिने एक प्रकारको जटिल रोगबाट पीडित रहेकी छन् ।

यसअघि पनि उनलाई पटक–पटक देश तथा विदेशका अस्पतालमा उपचार गरिएको थियो । छोरी गंगा दाहालले सामाजिक सञ्जालमार्फत आमा सीताको (Mummy! please get well soon) शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन् ।

 


Thali Mobile Pvt.Ltd.