भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

प्रचण्डलाई सर्वसम्मत अध्यक्ष बनाउँदै माओवादीको आठौं महाधिवेशन आज सकिने

प्रचण्डलाई सर्वसम्मत अध्यक्ष बनाउँदै माओवादीको आठौं महाधिवेशन आज सकिने

काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशन आज सकिदै छ । नेतृत्वमा प्रचण्डको विकल्प नभएपछि अध्यक्षमा फेरी प्रचण्ड सर्वसम्मत हुने नेताहरुले बताए ।

अन्तिम दिन आज स्थायी कमिटी सदस्य देव गुरुङले विधान मस्यौदामाथि उठेका प्रश्न र जिज्ञासाको जवाफ दिने कार्यक्रम रहेको छ ।

बिहान ११ बजे सुरु हुने बन्दसत्रमा नेता गुरुङले विधान मस्यौदामाथि समूहगत छलफलबाट आएका सुझाव र जिज्ञासामाथि जवाफ दिने बताइएको छ ।

शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको वैचारिक तथा राजनीतिक प्रतिवेदनलाई पारित गरेको महाधिवेशनले शनिबार गुरुङको विधान मस्यौदालाई पारित गर्ने कार्यसूची रहेको प्रवक्ता कृष्णबहादुर महराले बताए।

माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव छ। प्रवक्ता महराले सर्वसम्मत नेतृत्व चयन गर्दै महाधिवेशन आजै सकिने बताए ।

 


Thali Mobile Pvt.Ltd.