भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ईन्चार्जबाट हटाएपछि प्रचण्डकै थातथलोमा उभिएर शंकर पोखरेलले भने, ‘उनी प्रति अलि दयालागेर आयो’

ईन्चार्जबाट हटाएपछि प्रचण्डकै थातथलोमा उभिएर शंकर पोखरेलले भने, ‘उनी प्रति अलि दयालागेर आयो’

चितवन । ओली पक्षका नेता शंकर पोखरेलले प्रचण्डको चर्को आलोचना गरेका छन् । प्रचण्ड–माधव पक्षले लुम्बिनी प्रदेश ईन्चार्जबाट हटाएपछि चितवन पुगेका पोखरेलले प्रचण्डले चितवन छाड्ने अवस्था आएको दाबी गरेका छन् ।

दसोमबार भरतपुरमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै लुम्विनी प्रदेशका मुख्यमन्त्री समेत रहेका पोखरेलले यस्तो बताएका हुन । रोल्पाबाट चुनाव लडेका प्रचण्ड अब रोल्पा जाने आँट नगर्ने अवस्थामा पुगेको बताए । जनतालाई दीर्घकालसम्म भरोसा नगर्ने प्रचण्डको चरित्र भएकाले अब हुने चुनावमा जनताले प्रचण्डलाई धुलो चटाउने दावी गरे ।

ओलीकै अगुवाईमा नेपाली भूभाग समेटेर नयाँ नक्सा प्रकाशन गर्ने र संविधान संशोधनमार्फत निशान छाप परिवर्तन गरेपछि पार्टीलाई ध्वस्त पार्ने खेलामा लागेका प्रचण्डले सरकार गिराउने खेल खेलेको दाबी गरे । केपी ओलीले पार्टीलाई फुटबाट जोगाउन केन्द्रीय सदस्य संख्या ४४१ बाट बढाएर ११९९ पुर्‍याएको उनले बताए । ४० प्रतिशतबाटै पार्टी फुटाउने अवस्थामा पुगेपछि प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्षबाटै पाखा लगाएको जिकिर गरे ।

 


Thali Mobile Pvt.Ltd.