भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रधानमन्त्री ओलीका उदारा गफ, ‘सोती हत्याकाण्डका दोषीलाई कारबाही गर्छु’

प्रधानमन्त्री ओलीका उदारा गफ, ‘सोती हत्याकाण्डका दोषीलाई कारबाही गर्छु’

काठमाडौं । रुकुम पश्चिम सोतीमा छ जनाको जातिय नरसंहारका हत्यारालाई हदैसम्मको कारबाही गर्न सरकार प्रतिबद्ध रहेको भनेर प्रधानमन्त्रीले उदारा गफ दिएका छन् ।

प्रधानमन्त्री निवास बलुवाटारमा आइतबार अपराह्न भएको पीडितसँगको भेटमा प्रधानमन्त्रीले हत्यामा संलग्न दोषीलाई कारबाही गर्ने कुरामा सरकार कसैको मुलाकाजमा नपर्ने बताए । मृतक छ जनाकै अभिभावक उपस्थित भएर कुरा राखेका छन् । गत १० जेठमा अन्तरजातीय बिहेको नाउँमा भएको नरसंहारमा नवराज विक र उनका पाँच जना साथीको हत्या भएको थियो ।

उक्त मुद्दा अहिलेसम्म अदालतमा विचाराधीन रहेको छ । हत्यामा संलग्न पक्राउ परेका ३४ जनामध्ये ६ जनालाई अदालतले थुनामुक्त गरिसकेको छ । अन्य छ जना दोषीलाई छोड्ने विषयमा उच्च अदालत सुर्खेतमा मत बाझिएपछि सर्वोच्चसम्म आइपुगेको छ ।

प्रधानमन्त्रीसँगको भेटमा मृतक नवराज विकका बुबा मुनलाल र आमा उर्मिला, लोकेन्द्र सुनारकी आमा लक्ष्मी, टिकाराम नेपालीका बुबा सोभे, गणेश बुढाका बुबा पदमबहादर, गोविन्द शाहीकी आमा भीमकुमारी र सञ्जु विककी आमा सविता उपस्थिति भएका छन् । गत बिहीबार साँझ काठमाडौं आइपुगेका उनीहरुले पीडा मेटाउन सकिरहेका छन् ।

पीडितका आफन्तलाई राहत दिने र घाइतेहरुको उपचार र देषीलाई हदैसम्मको दण्ड गर्ने कुरामा सरकार प्रतिबद्ध रहेको छ बताए तर मृतकका अविभावक आस्वस्त हुन सकेका छैनन् । भेटमा मृतकको अभिभावकले अहिलेसम्म अदालतले घाइतेहरुको वयान नलिएकोभन्दै प्रधानमन्त्रीसमक्ष दुखेसो समेत पाखेका छन् ।

 


Thali Mobile Pvt.Ltd.