भर्खरै : Sorry, your browser does not support inline SVG.
भारतीय गाडी नेपालमै राखेर तस्करी, छुटपुर्जीको दुरुपयोगमा कर्मचारीको मिलेमतोको आशङ्का | इन्टरनेटको मूल्य घटेन, प्राधिकरणको कारबाही पनि प्रभावहीन ? | दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ |

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति केही दिनमा तय हुने

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति केही दिनमा तय हुने

काठमाण्डौ । प्रतिनिधि सभा र प्रदेश सभा चुनावको प्रस्तावको तयारी निर्वाचन आयोगले गरेको छ । कात्तिकको अन्तिममा निर्वाचन गर्नेगरी सरकारलाई प्रस्ताव गर्ने तयारी निर्वाचन आयोगले थालेको हो ।

यसअघि दुई चरणमा चुनाव गर्ने निष्कर्षमा पुगेको आयोग अब भने एकै चरणमा गर्ने टुङ्गोमा पुगेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनावको मिति प्रस्ताव गर्ने आयोगले जनाएको छ ।

देशभर मतदाता नामावली सङ्कलनको काम गरिरहेको छ भने चुनावको मिति घोषणा नहुँदासम्म मतदाता नामावलीमा नाम दर्ता र अद्यावधिक गर्न सकिने आयोगले जनाएको छ ।

आफ्नो स्थायी ठेगाना रहेको जिल्लाबाहिर बसोबास रहेकाहरुले समेत बसोबास रहेकै जिल्लाको निर्वाचन कार्यालय पुगेर नाम दर्ता गर्न सक्ने उल्लेख गरिएको छ । आयोगका अनुसार ७७ जिल्लाका निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रशासन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ताको काम भइरहेको छ ।

१ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा एकै दिन एकै चरणमा चुनाव गर्ने आयोगको तयारी छ । चुनावको लागि कात्तिक ३० गतेको मिति उपयुक्त हुन सक्ने आयोगले खाका तयार पारेको समेत जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.