भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

प्रदेशस्तरीय कोरोना खोप भण्डारगृह शिलान्यास

प्रदेशस्तरीय कोरोना खोप भण्डारगृह शिलान्यास

कास्की । पोखरामा कोभिड–१९ विरुद्धको खोप भण्डारगृह निर्माण हुने भएको छ । पोखरा महानगरपालिका–१२ रामघाटस्थित गण्डकी प्रदेश स्वास्थ्य तालीम केन्द्रको परिसरमा निर्माण हुने सो भण्डारगृहको आज गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गर्नुभयो । सङ्घीय आयोजना कार्यान्वयन एकाइ कास्कीको रु ७५ लाख तीन हजार ५७३ ९भ्याट बाहेक० लागतमा खोप भण्डारगृह आगामी विसं २०७८ वैशाख १७ गतेभित्रमा निर्माण गरी सक्ने गरी यही फागुन १७ गते न्यू केपी कन्स्ट्रक्सन काठमाडौँसँग ठेक्का सम्झौता गरिएको प्रदेश स्वास्थ्य व्यवस्थापन केन्द्रका निर्देशक खिमबहादुर खड्काले जानकारी दिनुभयो ।

रु एक करोड १२ लाख ३६ हजार ४३५ लागत अनुमान रहेकामा सो रकममा निर्माण कम्पनीसँग सम्झौता गरिएको बताइन्छ । निर्देशक खड्काका अनुसार भण्डारगृह निर्माण सम्पन्न भएपछि दुईदेखि आठ सेन्टीग्रेड तापक्रममा ४० लाख जनसङ्ख्यालाई पुग्ने खोप व्यवस्थितरुपमा भण्डारण गर्न सकिनेछ । कोरोना महामारी अन्त्यपछि सो गृहलाई अन्य खोपको भण्डारगृहका रुपमा विकास गर्ने योजना रहेको जनाइएको छ । सो अवसरमा मुख्यमन्त्री गुरुङले कोरोना महामारीपछि स्वास्थ्य संरचना, उपकरण तथा जनशक्ति व्यवस्थापनमा राज्यले ठूलो लगानी गरेको बताउनुभयो ।

देशका ३९६ स्थानीय तहमा एकैपटक अस्पताल भवन शिलान्यास गरिनु स्वास्थ्य क्षेत्रमा राज्यले गरेको ऐतिहासिक कार्य भएको जिकिर गर्नुभयो । गण्डकी प्रदेशका ११ जिल्ला अस्पताल र एउटा प्रदेश सङ्क्रामक तथा सरुवा रोग अस्पताललार्ई शुरुआतदेखि नै सुदृढीकरणका लागि सरकारले काम गरेको जानकारी दिँदै मुख्यमन्त्री गुरुङले पूर्वाधार, जनशक्ति, स्वास्थ्य उपकरण, उपकरण सुविधासम्पन्न बनाइएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री केपी शर्र्मा ओली नेतृत्वको सरकारले संसद् विघटन गरेर निर्वाचनका लागि गरेको सिफारिस सर्वोच्च अदालतले उल्टाइ दिएपछि संसद्भित्र सांसद खरिद बिक्री शुरु भएको र हरेक पार्टीभित्र विवाद सिर्जना भएर अस्थिरता शुरु भएको मुख्यमन्त्रीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “संसद् पुनःस्थापनाले कांग्रेस, जनता समाजवादीलगायत हरेक पार्टीभित्र विवाद र गुटबन्दी देखिएको छ । हरेक पार्टीभित्र विवाद शुरु भएको छ । चुनावमा जानुपर्दछ भन्ने सिफारिस सर्र्वोच्चले उल्टाइदिएर हामीलाई मन नपरे पनि न्यायपालिकाको निर्णयलाई शिरोधार्य गरेर कार्यान्वयन गर्न सरकार लागि परेको छ ।” नेपाल कम्युनिष्ट पार्टी नेकपा०का स्थायी कमिटी सदस्यसमेत रहनुभएका मुख्यमन्त्री गुरुङले भावनात्मकरुपमा फुटेको पार्टीलाई जुटाउन सकिन्छ कि भनेर आफूहरूले विकल्प खोजी गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मुलुकको अस्थिरता अन्त्यका लागि ६४ प्रतिशत बहुमत प्राप्त नेकपाको सरकारलाई एकताबद्ध बनाएर स्थिरताको प्रत्याभूति दिन सबैले आवाज उठाउनुपर्दछ ।”

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले सङ्घीय सरकारले रु २६ करोड ५० लाख लागतमा ५० श्ययाको अस्पताल बनाउनका लागि बजेट उपलब्ध गराएको बताउँदै प्रदेश सरकारले त्यसमा थप लगानी गरेर १०० श्ययाको अस्पताल निर्माणको योजना अघि बढाएको जानकारी दिनुभयो । खोप भण्डारगृहसँगै प्रदेश प्रयोगशाला, औषधि भण्डारण गृहलगायत संरचना निर्माणका लागि बजेट सुनिश्चित गरिएकाले डिजाइन तयार भइरहेको उहाँको भनाइ थियो । रासस

 


Thali Mobile Pvt.Ltd.