भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

वाटर किङ्डम पार्क सञ्चालनको तयारीमा

वाटर किङ्डम पार्क सञ्चालनको तयारीमा

दमक । झापाको शिवसताक्षीस्थित झिलझिलेमा जिल्लाकै सबैभन्दा ठूलो लगानीमा निर्माण भएको वाटर किङ्डम पार्क एण्ड रिसोर्ट सञ्चालनको तयारीमा पुगेको छ । स्थानीय व्यवसायीको करीब रु ३५ करोडको लगानीमा जिल्लाकै सुविधा सम्पन्न पार्क निर्माण गरिएको पार्क औपचारिकरुपमा सञ्चालनको तयारीमा रहेको सञ्चालकले जनाएका छन् । पार्क सञ्चालकसमेत रहनुभएका कार्यकारी निर्देशक राजकुमार सङ्ग्रौलाका अनुसार फागुन २६ गतेदेखि सर्वसाधारणका लागि टिकट खुला गरेर पार्क सञ्चालनमा आउने र त्यसका लागि आवश्यक तयारी पूरा भएको छ ।

पूर्व–पश्चिम राजमार्गको झिलझिलेबाट करिब ३०० मिटर दक्षिणमा रहेको पार्क औपचारिकरुपमा उद्घाटन नभए पनि यतिबेला सर्वसाधारणको घुइँचो लाग्ने गरेको छ । विवाह गर्ने, विभिन्न प्रकारका उत्सव मनाउने, पिकनिक खाने, तालिम, गोष्ठी, सेमिनार र विभिन्न सभा समारोह गर्नका लागि जिल्लामै उपयुक्त ठाउँ वाटर किङ्डम पार्क रहेको शिवसताक्षी नगरपालिका प्रमुख तथा पार्कका सल्लाहकार समितिका संयोजक चन्द्रकुमार शेर्माले बताउनुभयो । सरकारले २०२० लाई पर्यटन वर्ष घोषणा गरेपछि स्थानीय व्यवसायीले सन् २०१९ मा वाटर किङडम पार्क निर्माण शुरु गरेका थिए ।

कोरोना भाइरसका कारण मुलुकमा लकडाउन भएपछि पार्कका निर्माणाधीन भौतिक संरचना निर्माण बन्द भएका थिए । सरकारले लकडाउन खुकुलो बनाएपछि बाँकी रहेको पूर्वाधार निर्माण शुरू गरिएको सञ्चालक सङ्ग्रौलाले बताउनुभयो । पार्कमा जीप लाइन, सुपरम्यान जीपलाइन र पछिल्लोपटक जीप साइक्लिङ पनि भित्र्याइएको छ । पार्क नखुल्दै सयौँ सर्वसाधारणले साइकल कुदाएर दैनिक मज्जा लिन थालेका छन् । पार्कमा आएर फोटो खिचेर सामाजिक सञ्जालमा राख्ने र भिडियो खिचेर टिकटक बनाउनेको सङ्ख्या यतिबेला ह्वात्तै बढेको छ । सञ्चालक सङ्ग्रौलाका अनुसार झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, सिराहा, सप्तरीलगायतका जिल्लाबाट समेत सर्वसाधारण आउन थालेका छन् ।

सञ्चालक सङ्ग्रौलाका अनुसार पार्कमा पानीबाट मात्र खेलेर मनोरञ्जन लिन सकिने आठ प्रकारका आइटम पनि छन् । स्विमिङ पुलसहित वेब पुल, मल्टिलेण्ड स्लाइड, वेब स्लाइड, क्रुसर स्लाइड, सोफालेण्ड स्लाइड र पेन्डुलम स्लाइडलगायतका मनोरञ्जनात्मक खेल समावेश छन् । त्यस्तै, पार्कमा बालकबच्चासहित ज्येष्ठका लागि आवश्यक संरचना विश्राम निर्माण गरिएको छ । युवायुवतीका लागि पार्कभित्र खान बस्न र पार्कभित्रका दृश्य अवलोकनका लागि विभिन्न संरचना निर्माण गरिएका छन् । पार्कबाट ५० ले प्रत्यक्ष रोजगारी पाएका छन् ।

पार्कमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि पूर्वका घुम्नयोग्य इलाम, झापा, धनकुटा, ताप्लेजुङ, पाँचथर, सुनसरीलगायतका पर्यटकीयस्थलमा प्याकेजमा भ्रमण गराउनेसमेत सञ्चालक सङ्ग्रौलाले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सस्तोमा पूर्वका पर्यटकीयस्थलमा पु¥याएर मनोरञ्जन दिलाइने छौँ”, यसका अलवा भारतका कालिङ्पोङ, दार्जिलिङ, खर्साङ, मिरिकजस्ता ठाँउ पनि प्याकेजमा घुमाउने योजना सङ्ग्रौलाले जानकारी दिनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.