भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेश

प्रदेश प्रमुखसमक्ष वार्षिक प्रतिवेदन पेश

प्रदेश २ । प्रदेश नं २ का प्रदेश प्रमुख तिलक परियारसमक्ष सो प्रदेशका मुख्य न्यायाधिवक्ता कार्यालयका आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । सो प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाको नेतृत्वको टोलीले आज मुख्य न्यायाधिवक्ताका साथै मातहत कार्यालयको काम कारवाहीको विवरण, त्यसको प्रभावकारिता, प्राप्त गरेका सफलता र कार्यसम्पादनमा आएका चुनौती र सुधारका लागि सुझाव समेटिएका प्रतिवेदन पेश गरिएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

प्रदेशको मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका अन्य शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ को धारा १३ बमोजिम आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र वार्षिक प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था भएबमोजिम मुख्य न्यायाधिवक्ताको कार्यालयले प्रदेश प्रमुखसमक्ष आफ्नो वार्षिक प्रतिवेदन पेश गरेको हो । रासस

 


Thali Mobile Pvt.Ltd.