भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

प्रधानमन्त्रीद्वारा लामाको निधनप्रति दुःख व्यक्त

प्रधानमन्त्रीद्वारा लामाको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ललितपुर महानगरपालिका निवासी डिबी लामाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । लामाको यही फागुन १७ गते आफ्नै निवासमा ७१ वर्षको उमेरमा निधन भएको हो ।प्रधानमन्त्री देउवाले आज शोक वक्तव्यमार्फत उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट समवेदना प्रकट गर्नुभएको छ ।

लामा विसं २०२८ देखि कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व। गिरिजाप्रसाद कोइरालाको सहयोगीका रुपमा रहँदै आउनुभएको थियो ।विसं २०३० मा प्रजातन्त्र स्थापनाका लागि आर्थिक सहयोग जुटाउन गरिएको विमान अपहरण काण्डमा भारततर्फ बसेर लामाले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको पार्टी कार्यालयले जनाएको छ । उहाँका श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।

 


Thali Mobile Pvt.Ltd.