भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

प्रधानमन्त्री कप क्रिकेट आजबाट

प्रधानमन्त्री कप क्रिकेट आजबाट

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ ।कीर्तिपुरस्थित टियु मैदान र मुलपानी क्रिकेट मैदानमा पहिलो दिन ४ खेल हुने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले एकदिवसीय फर्म्याटको यस प्रतियोगितालाई पहिलो पटक टी–२० फर्म्याटमा गर्ने भएको छ ।

आगामी महिना ओमानमा हुने आईसीसी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट खेल्ने भएसँगै प्रतियोगिता टी–२० फर्म्याटमा गर्न लागिएको हो । टियु मैदानमा बिहान साढे ९ बजे हुने उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा सवा १ बजे हुने एपीएफ र प्रदेश २ खेल्नेछन् ।

मुलपानीमा बिहान साढे ९ बजे हुने पहिलो खेलमा नेपाल पुलिस र सुदूरपश्चिम तथा दिउँसो सवा १ बजे बागमती प्रदेश र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । माघ ५ सम्म चल्ने प्रतियोगितामा १० टोलीले सहभागीता रहनेछ । जसलाई २ समूहमा विभाजन गरिएको छ ।

 


Thali Mobile Pvt.Ltd.