भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठकको आह्वान गरेका छन् । बैठक बिहीबार बिहान १० बजे बालुवाटारमा बस्ने छ । संसद्मा जारी अवरोध खुलाउनेबारे छलफल भइरहेको र राजनीतिक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएको स्रोतको दावी छ ।

बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, प्रमुख प्रतिपक्षी एमाले, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०, नेकपा मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई बोलाइएको छ ।

नयाँ सरकार गठन भएपछि २३ भदौबाट बसेको संसद्को प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर अवरोध गर्दै आएको छ । यद्यपि, सरकारले अवरोधका बीच पनि आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक संसद्बाट पारित गरेको छ ।

त्यस्तै, गत साउनमा ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश संसद्मा पेस भए पनि सरकारले मन्त्रिपरिषद्को निर्णयबाट राष्ट्रपतिमार्फत खारेज गरिसकेको छ ।

 


Thali Mobile Pvt.Ltd.