भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठकको आह्वान गरेका छन् । बैठक बिहीबार बिहान १० बजे बालुवाटारमा बस्ने छ । संसद्मा जारी अवरोध खुलाउनेबारे छलफल भइरहेको र राजनीतिक सन्देश प्रवाह गर्ने उद्देश्यका साथ प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएको स्रोतको दावी छ ।

बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, प्रमुख प्रतिपक्षी एमाले, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०, नेकपा मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई बोलाइएको छ ।

नयाँ सरकार गठन भएपछि २३ भदौबाट बसेको संसद्को प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्षी दल एमालेले निरन्तर अवरोध गर्दै आएको छ । यद्यपि, सरकारले अवरोधका बीच पनि आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक संसद्बाट पारित गरेको छ ।

त्यस्तै, गत साउनमा ल्याएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश संसद्मा पेस भए पनि सरकारले मन्त्रिपरिषद्को निर्णयबाट राष्ट्रपतिमार्फत खारेज गरिसकेको छ ।

 


Thali Mobile Pvt.Ltd.