भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

प्रधानमन्त्री देउवा, नेपाल र प्रचण्डबीच बालुवाटरमा छलफल

प्रधानमन्त्री देउवा, नेपाल र प्रचण्डबीच बालुवाटरमा छलफल

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । बिहान माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच बालुवाटरमा छलफल भएको हो ।

छलफलका क्रममा स्थानीय तहको निर्वाचनका विषयमा छलफल भएको छ । स्थानीय तहको निर्वाचनको सन्दर्भमा ऐन संशोधन गर्ने विषयमा छलफल भएको स्रोतको भनाइ छ ।सोही विषयमा छलफल गर्न शनिबार सत्ता गठबन्धनको बैठक बोलाइएको छ ।

यसअघि शुक्रबार प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत भेटघाट गरेका थिए । स्थानीय तहको निर्वाचनका विषयमा नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक समेत आह्वान गरेको छ । दिउँसो ३ बजे कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ ।

 


Thali Mobile Pvt.Ltd.