काठमाडौं । सरकारले खोप उपलब्ध गराउन नसक्दा ललितपुर महानगरपालिकाले वुस्टर डोज लगाउने कार्यक्रम स्थगित गरेको छ ।
एक सूचना जारी गर्दै महानगरले यसअघि माघ १४, १६ र १७ गतेका लागि ६० वर्ष माथिका जेष्ठ नागरिकका लागि थप मात्रा वुस्टर खोप लगाउने कार्यक्रम स्थगित गरेको हो ।
सरकारले भेरोशिल खोप उपलब्ध गराउन नसकेको भन्दै अन्तिम समयमा खोप कार्यक्रम स्थगित गरेको जनाएको छ । हाललाई कोभिशिल्ड खोप मात्र लगाईने महानगरले जनाएको छ ।
कोभिशिल्ड खोपको दोश्रो मात्रा लगाएको ६ महिना पूरा भएका ६० वर्ष माथिका व्यक्तिहरुले आ–आफ्नो वडामा सम्पर्क गरी कोभिशिल्ड खोपको वुस्टर डोज लगाउन पालिकाले अनुरोध गरेको छ ।
