भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रधान सेनापति र चीनका राजदूतबीच भेटघाट सम्पन्न

प्रधान सेनापति र चीनका राजदूतबीच भेटघाट सम्पन्न

काठमाडौं । प्रधान सेनापति महारथी प्रभुराम शर्मा र मित्रराष्ट्र चीनका महामहिम राजदूत हाउ यान्ची (Her Excellency Ms. Hou Yanqi) बीच जङ्गी अड्‍डामा भेटघाट सम्पन्न भएको छ ।

चीनका महामहिम राजदूतले आफ्नो कार्यकाल समापन गरी स्वदेश फिर्ता जान लागेको अवसरमा सो भेटघाट भएको जनसम्पर्क तथा सूचना निर्देशनालय जंङ्गी अड्‍डाले जनाएको छ ।

उक्त भेटघाटमा प्रधान सेनापति महारथी शर्माले महामहिम राजदूतले पूरा गरेको सफल कार्यकालको लागि बधाई दिँदै सुखद् भविष्यका लागि शुभकामना समेत दिए ।

यस किसिमको भेटघाटले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास लिएको नेपाली सेनाले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.