भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रहरीको अनुमतिविना पोशाक प्रयोग गर्न रोक

प्रहरीको अनुमतिविना पोशाक प्रयोग गर्न रोक

काठमाडौं । चलचित्र, टेलिचलचित्र, म्यूजिक भिडियो तथा अन्य प्रयोजनमा भिडियो बनाउन अनुमति नलिइ पोशाक प्रयोग नगर्न नेपाल प्रहरीले अनुरोध गरेको छ ।

प्रहरीको पोशाकको दुरुपयोग गरेको भन्दै प्रहरी प्रधान कार्यालय, नक्सालले विज्ञप्ति जारी गरेर प्रहरीको श्रव्यदृश्य शाखामा स्वीकृति लिएर मात्र प्रयोग गर्न अनुरोध गरेको हो ।

प्रहरी कर्मचारीले आफ्नो जिम्मेवारी पूरा गर्दा उनीहरुको व्यवसायिकता र मनोबलमा ह्रास ल्याउने कार्य तथा अभिव्यक्ति नदिन पनि प्रहरी प्रधान कार्यालयले भनेको छ ।

प्रहरी प्रवक्ता कुवेर कडायतद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘पूर्व स्वीकृति नलिई वा स्वीकृत प्रयोजन तथा स्क्रिप्ट अनुसारबाहेक अन्य कुनै पनि प्रयोजनका लागि नेपाल प्रहरीले प्रयोग गर्ने पोशाक र त्यसमा प्रयोग हुने दज्र्यानी चिह्न तथा प्रहरीको मोनोग्राम प्रयोग गराउन हुन स्पष्ट पार्दछौं ।’

 


Thali Mobile Pvt.Ltd.