भर्खरै : Sorry, your browser does not support inline SVG.
संसदमा बजेट चुहावटदेखि सीमा विवादसम्म : सांसदहरूले उठाए सरकारका कमजोरी | सुस्ता घटनाबारे हर्क साम्पाङको प्रश्न : ‘रक्षामन्त्री कहाँ छन् ?’ | इरानसँग युद्ध अन्त्यको सम्झौता नजिक पुगेको ट्रम्पको दाबी, सैन्य आक्रमणको योजना फिर्ता | दार्चुलामा भारत निकासी गर्न लागिएको ३९ बोरा झ्याउ बरामद, चार जना पक्राउ | सुनको मूल्यमा एकैदिन ५ हजार ३ सय रुपैयाँ वृद्धि, तोलाको २ लाख ९२ हजार पुग्यो | अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि संसदीय छानबिन समिति गठन गर्न नेकपाको माग | नेपालमा लागुऔषध नियन्त्रण गर्न प्रहरीको ३ वर्षे विशेष कार्ययोजना | गण्डकीसहित ५ प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह |

प्रहरीले जाहेरी नलिएको आरोप, शव १० दिन सम्म अस्पतालमै

प्रहरीले जाहेरी नलिएको आरोप, शव १० दिन सम्म अस्पतालमै

काभ्रे । एक वृद्धको शव १० दिनदेखि धुलिखेल अस्पतालबाट उठ्न सकेको छैन । भुम्लु गाउँपालिका वडा नम्बर १ स्थित सापिङ्गका ६८ वर्षीय ठडेन्द्रबहादुर पन्तको शव १० दिनदेखि अस्पतालको मुर्दाघरमा राखिएको छ । असार १० गते बिहान ६ बजे सापिङ्गस्थित उर्लेनीमा ठडेन्द्रबहादुर पन्त रुखमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।

बुवाको शव झुन्डिएको अवस्थामा भेटिएपछि परिवारले भने विभिन्न आशंका गर्न थाले । ठडेन्द्रका छोरा २१ वर्षीय शेरबहादुर पन्त र ३६ वर्षीय रोमबहादुर पन्तले आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा उजुरी दिएका छन् । भुम्लु गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष ४५ वर्षीय लेखबहादुर श्रेष्ठ, वडा सदस्य तथा भीमेश्वर महिला कृषक समूहकी अध्यक्षसमेत रहेकी ४२ वर्षीय दानकुमारी महत खत्री र ४६ वर्षीय ताराबहादुर पन्तविरुद्ध छोराले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा जाहेरी दिएका हुन् ।

जाहेरी दिए पनि जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी ढुण्डीराज न्यौपानेले आफ्नै खल्तीमा राखेर दर्तासमेत नगरी पटक–पटक मिल्न आग्रह गरेको पीडित परिवारले आक्रोश व्यक्त गरेका छन् । घटना विषयमा प्रश्न गर्दा डिएसपी न्यौपानेले भने पीडितको जाहेरी लिएर अनुसन्धान भइरहेको बताए । यता पीडितले भने अझैसम्म जाहेरी दर्ता नगरी आलटाल गरिरहेको आरोप लगाएका छन् ।

बुबालाई आत्महत्या गर्न बाध्य पार्नेविरुद्ध किटानी जाहेरी दिन जाँदा प्रहरीले जाहेरी लिन नमानेको र अहिलेसम्म दर्ता नगरी मिल्न आग्रह गरेको मृतकका छोरा शेरबहादुरको भनाइ छ । सात दिनसम्म प्रहरी कार्यालयमा पर्खिनुहोस् भनेर आठ दिनमा जाँदा पनि जाहेरी दर्ता गर्न नदिएको भनाइ छ । अहिले भने डिएसपी न्यौपानेले फाइल नै बोकेर हिँडेको परिवारको आरोप छ ।

यता, जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतमले छलफल गर्न जाँदा हुल बाँधेर किन आएको भन्दै प्रश्न गरेको शेरबहादुरले गुनासो गरे। जिसस प्रमुख गौतमलेसमेत शव लगेर दाहसंस्कार गर्नु जाहेरी पछि दर्ता गरौंला भनेर मिल्ल आग्रह गरेको उनको भनाइ छ । प्रमुख गौतम भने आफूहरुले त्यस्तो नभनी सत्य तथ्य के रहेछ पत्ता लगाउन खोजेको दाबी गर्छ्न ।

प्रहरी, सिडियो, जिल्ला समन्वय समितिका प्रमुख सबैले मिल्नुपर्छ भन्दै पीडितको जाहेरी नलिएको भन्दै जिल्लाका अगुवाले प्रहरी प्रशासन जिल्लाको राजनीतिलाई हेरेर अगाडि बढेको आरोप लगाएका छन् । घटना घटेको तीन दिनमै दिएको जाहेरी अहिलेसम्म दर्ता हुन सकेको छैन ।

जिल्ला जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ढुण्डीराज न्यौपानेले अहिलेसम्म जाहेरी दर्ता नभएको प्रष्ट पारे । उनले जाहेरी दर्ता हुने आश्वासन दिए पनि १० दिनसम्म दर्ता भएको छैन । शोकमा रहेको परिवारलाई सान्त्वना दिनुपर्ने जनप्रतिनिधि र प्रशासनले भने जाहेरी दर्ताको पहल नगरेर थप पीडा दिएको स्थानीयको गुनासो छ ।

 

 


Thali Mobile Pvt.Ltd.