भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

फेरी सलबलाए राजावादी !

फेरी सलबलाए राजावादी !

काठमाडौं । कोभिडका कारण देशभर धर्ना, जुलुस, गोष्ठी सेमिनार गर्न बन्देज छ । तर, राजावादी भन्नेहरुले सडकमा प्रदर्शन जारी राखेका छन् । संविधानको मूल मर्म र भावना खारेजीको माग गर्दै उनीहरु सलवलाएका हुन् ।

०६२–६३ को क्रान्तिका मुख्य उपलब्धि गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि धावा बोल्दै पुरातनवादीहरु चरणबद्ध प्रदर्शन गरिरहेका छन् । देशका मुख्य शहर धनगढी, जनकपुर, बुटवल, पोखरा, विराटनगरमा फरक फरक ब्यानरमा प्रदर्शन गरेका छन् ।

गणतन्त्र खारेज गरी राजतन्त्र फर्काउने मुख्य उदेश्य राखेर धर्मनिरपेक्षता हटाएर हिन्दूराष्ट्र कायम गर्ने र संघीयता खारेज गर्ने बताएका छन् । उपत्यकामा प्रदर्शन गरेपछि प्रशासनले आन्दोलनकारी माथि निगरानी बढाएको छ । १२ वर्षपछि खोला फर्कन्छ भन्ने मान्यतामा राजावादीहरु सलबलाउ थालेको नागरिहरुको गुनासो छ ।

 


Thali Mobile Pvt.Ltd.