भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

फेरी १५ प्रतिशतले गाडी भाडा बृद्धि

फेरी १५ प्रतिशतले गाडी भाडा बृद्धि

काठमाण्डौ । पेट्रोलियम पदार्थको मूल्य बृद्धि भएपछि सरकारले सार्वजनिक गाडीको भाडा १५ प्रतिशतसम्म बृद्धि गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको चैत १७ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार यातायात व्यवस्था विभागले यात्रुवाहक गाडीको भाडा १० प्रतिशतसम्म बढाएको हो । इन्धनको मूल्य पाँच प्रतिशतभन्दा धेरैले घटबढ भएमा स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्ने र असारयता डिजलको मूल्य ३४ प्रतिशत बढेको आधारमा नयाँ भाडा दर तय भएको विभागले उल्लेख गरेको छ ।

मालवाहक गाडीको भाडा १५ प्रतिशतसम्म बढेको छ । पहाडमा मालवाहक गाडीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बृद्धि भएको जनाइएको छ । विभागले स्वचालित भाडा प्रणाली लागू गर्न १३ वटा सूचकलाई आधार बनाएको छ । ती सूचकमध्ये पेट्रोलियम पदार्थको मूल्य हिस्सा ३५ प्रतिशत रहेको छ । इन्धनको मूल्य बढेपछि यातायात व्यवसायीको दवापमा सरकारले सार्वजनिक यातायातको भाडा बढाएको दाबी गरेको छ । एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने मालवाहक तथा यात्रुवाहक यातायातमा मात्रै भाडा बढेको विभागले उल्लेख गरेको छ ।

 


Thali Mobile Pvt.Ltd.