भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना |

बङ्गलादेशले फूलबारी बङ्गलाबन्ध नाका खुला गर्दा धागो निर्यात गर्न सहज

बङ्गलादेशले फूलबारी बङ्गलाबन्ध नाका खुला गर्दा धागो निर्यात गर्न सहज

काठमाडौं । बङ्गलादेशले फूलबारी बङ्गलाबन्ध नाका खुला गरेपछि नेपाली धागो निर्यात गर्न सहज भएको छ । धागो निर्यात गर्न एक महिनाअघि नाका खुला भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मीलेबताए । लामो समयदेखि बन्द नाका खुला भएसँगै नेपाली व्यवसायी उत्साहित भएका छन् ।

बेनापोल (बङ्गलादेश)–पेट्रापोल (भारत) नाका खुला भए पनि नेपाली व्यवसायीलाई सामान पठाउन टाढा हुँदा लागत महँगो पर्ने गरेकाले धागो निर्यात हुन सकेको थिएन । भारतले फूलबारी–बङ्गलाबन्ध नाका नेपाल–बङ्गलादेशबीचको व्यापारका लागि उपलब्ध गराएको ‘ट्रान्जिट’ प्वाइन्ट हो ।

पूर्वी नाका काँकडभिट्टाबाट करिब ८० किलोमिटरको दूरीमा मात्रै बङ्गलादेश रहेको छ । बङ्गलादेशमा स्वदेशी धागो निर्यातको पर्याप्त सम्भावना भएकाले व्यवसायीलाई निर्यात गर्न सहज हुने प्रवक्ता रेग्मीले बताए । बङ्गलादेशमा धागो निर्यात बढाएर व्यापार घाटा कम गर्न सकिने उनका भनाइ छ ।

सो नाका सन् २००२ देखि बन्द रहेको थियो । भारततर्फको नाका पेट्रापोल नेपालबाट टाढा भएको र समुद्री मार्गबाट सामान पठाउँदा ढुवानी लागत नै महँगो पर्ने भएकाले व्यवसायीले सामान पठाउन सकेका थिएनन् । बङ्गलादेशमा धागो निर्यात गर्न नाका खुला भए पनि सामान कसरी पठाउने प्रक्रिया स्पष्ट नहुँदा धागो निर्यात गर्न नसकिएको नेपाल धागो उत्पादक सङ्घका सचिव उत्तम गौतमले बताए ।

धागो निर्यातका लागि नाका खुला गरेको जानकारी आयो तर कार्यविधि स्पष्ट नहुँदा गुणस्तर देखाएर बीचमै सामान रोकिएर फिर्ता आउँछ कि भनेर पठाउन नसकेको उनको भनाइ छ । धागो निर्यात हुन थालेको पहिलो वर्ष नै बङ्गलादेशमा पाँच अर्बदेखि सात अर्ब रुपियाँ र दुई वर्षभित्रमा वार्षिक २० अर्ब रुपियाँ बराबरको धागो निर्यात गर्न सकिने उनले बताए ।

 


Thali Mobile Pvt.Ltd.