भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

बढ्दै कोरोनाको कहर, शनिबार २६ सय १८ जनामा संक्रमण

बढ्दै कोरोनाको कहर, शनिबार २६ सय १८ जनामा संक्रमण

काठमाडौं : शनिबार नेपालमा थप २६ सय १८ जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । सात हजार ५ सय २५ पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । योसँगै नेपालमा कोभिड संक्रमितको संख्या दुई लाख ९७ हजार ८७ पुगेको छ । त्यस्तै कोभिडका कारण थप १४ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा तीन हजार १ सय ३६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

शनिबार ३ सय ६८ जना संक्रमण मुक्त भएका छन भने हालसम्म २ लाख ७७ हजार १ सय २३ संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। अहिलेसम्म पिसिआर परीक्षण २३ लाख ९५ हजार ७ सय २५ जनामा गरिएको छ। हाल नेपालमा १६ हजार ८२८ संक्रमित आइशोलेशनमा छन् भने ७१ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २३ लाख ९५ हजार ७२५ वटा पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.